यो अपवित्र गठबन्धनले विप्लवलाई देखाएर चुनाव सार्न खोज्दै छ : ओली

नेपालभ्युज

यो अपवित्र गठबन्धनले विप्लवलाई देखाएर चुनाव सार्न खोज्दै छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानी तह निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गरे।

नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा ओलीले चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे। चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती दोहोर्‍याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिए।

स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सैह्य नहुने बताए।

अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दबाब दिए।

‘यो अपवित्र गठबन्धन, हेर्नुस्त षडयन्त्र, जालझेल, षडयन्त्र गरेर परमादेशी सरकार अहिले पनि चुनाव सार्ने षडयन्त्र गरिरहेका छन्। चुनाव सारेर स्थानीय तह रिक्त गरिदिने। लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पारिदिने। स्थानीय तह रिक्त गराउने उहाँ नै हुनुहुन्थ्यो, शेरबहादुर देउवाजी, म तपाईंलाई भन्न चाहन्छु–त्यही गल्ती नदोहोर्‍याउनुस्। तपाईंका कांग्रेसको इतिहासमा एक कोठी कार्यकर्ताले भन्लान्–असल सेवकहरू पाइएको हुनाले पाँचौ पटक प्रधानमन्त्री हुनुभयो। खेलाडी हुनुभो भनेर उहाँ खेलाडी होइन। अन्तैका खेलाडीहरूले उहाँलाई बनाएको हो,” ओलीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved