खोटाङ कोरोना संक्रमणमुक्त जिल्ला

नेपालभ्युज

खोटाङ कोरोना संक्रमणमुक्त जिल्ला

खोटाङ। चारै जना कोरोना संक्रमितहरू निको भएपछि खोटाङ हाल कोरोना संक्रमणमुक्त वनेको छ। कोरोना संक्रमणको पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिकाका चारै जना निको भएपछि जिल्ला कोरोना संक्रमणमुक्त बनेको हो।

संक्रमण पुष्टि भएलगत्तै अस्पताल भर्ना गरिएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका हिमाल कार्की, भुवन कार्की र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खुम्बराज राईलाई शुक्रबार डिस्चार्ज गरिएको छ।

डिस्चार्ज भएका उनीहरूलाई घर फर्काउनका लागि व्यवस्थापनको काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए।

केही समयअघि मात्र भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएका उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि गत जेठ २३ गते कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो। कामका सिलसिलामा भारतको कानपुर पुगेका कार्कीद्वय गत जेठ ११ गते गाउँ आइपुगेका हुन्।

यस्तै, राई भारतबाटै जेठ १६ गते गाउँ आइपुगेको नगरपालिकाले जनाएको छ। भारतबाट आएपछि उनीहरू सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको नगरपालिकाका मेयर इवन राईले बताउनुभयो। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका युवा यसअघि नै डिस्चार्ज भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved