आचारसंहिता उल्लंघन गरेपछि नेकपा एससँग निर्वाचन आयोगले माग्यो जवाफ

नेपालभ्युज

आचारसंहिता उल्लंघन गरेपछि नेकपा एससँग निर्वाचन आयोगले माग्यो जवाफ

काठमाडौं। निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)सँग तीन दिने जवाफ मागेको छ। नेकपा एसले २६ चैतमा काठमाडौंमा आयोजित आमसभामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएको उल्लेख गर्दै आधार प्रमाणसहित ३ दिनभित्र चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएको हो।

नेकपा एसलाई चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए। उनले भने, ‘‘नेकपा एसले २६ चैतमा काठमाडौंको भृकुटीमण्डवमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको जानकारी आएकाले तीन दिनभित्र आधार, प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved