काठमाडौं । चुनावी तालमेलका विषयमा भोलि बस्ने सत्तारुढ गठबन्धनको बैठकले ठोस मोडल तय गर्ने सञ्चारमन्त्री एवंम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
मंगलबार त्यसलाई टुुग्याउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकले तालमेलका लागि आफ्ना पार्टीका नेता कार्यकर्तासँग अपिल गर्ने निर्णय गरेको थियो।
भोलि दिउँसो चार बजे फेरि बैठक बस्ने उनले बताए। आजको बैठकमा विभिन्न मोडलहरुमा आन्तरिक छलफलहरु भए पनि ठोस निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताए।
यसअघि आइतबार साँझ बसेको गठबन्धन कार्यदल बैठकले चैत मसान्त भित्र जिल्ला र प्रदेशहरुलाइ स्थानिय तह निर्वाचनका लागी उममेदवार घोषणा गर्न निर्देशन दिएको थियो । चुनावी तालमेलका विषयमा सत्ता गठबन्धनमा रहेका दलहरूले आ-आफ्नै प्रस्ताव अघि सारिरहेका छन्।
Facebook Comment
Comment