सांघाईमा कोभिड निको भई ११ हजारभन्दा बढी अस्पतालबाट फर्किए

नेपालभ्युज

सांघाईमा कोभिड निको भई ११ हजारभन्दा बढी अस्पतालबाट फर्किए

शनिबारसम्ममा सांघाईमा कोभिड–१९ सङ्क्रमित ११ हजारभन्दा बढी मानिसहरू निको भई अस्पतालबाट घर फर्केका छन्।

उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै सांघाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन्। उनीहरूले घरमै स्वास्थ्य निगरानी जारी राख्न सक्ने नगरपालिकाको स्वास्थ्य आयोगले बताएको छ।

यस शहरमा संक्रमण नियन्त्रणका लागि अत्यधिक व्यक्तिमा सबै न्युक्लिक एसिड परीक्षण गर्ने र यसका अधीनस्थ क्षेत्रहरूको विभिन्न जोखिम ग्रेड अनुसार सम्बन्धित कोभिड–१९ रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गर्ने बताएको छ।

सांघाईले आफ्नो स्क्रिनिङ कार्यलाई सहज बनाउन ‘न्युक्लिक एसिड कोड’ पनि अपडेट गरेको छ। यो कोड सञ्जालमा जडान बिना दोहोर्‍याएर प्रयोग गर्न सकिन्छ र संक्रमण भएको वा नभएको पुष्टिका लागि ‘स्क्रिनसट’ देखाउन सकिन्छ।

परिवारका सदस्यहरूले आफ्ना छोराछोरी र वृद्धहरूको सवालमा उक्त कोडका लागि आवेदन दिन सक्छन्। विदेशीहरूले आफ्नो पासपोर्ट प्रयोग गरेर न्युक्लिक एसिड परीक्षणको लागि वेभसाइटमा दर्ता गर्न सक्छन् वा अनलाइन कोडको लागि आवेदन गर्न सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved