झरौखर पोखरीमा पूर्वाधार निर्माण गर्न रकम विनियोजन

नेपालभ्युज

झरौखर पोखरीमा पूर्वाधार निर्माण गर्न रकम विनियोजन

बारा। बाराको ऐतिहासिक, पुरातात्विकस्थल सिम्रौनगढ नगरपालिकास्थित–१० स्थित झरौखर पोखरीको भौतिक पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट रु चार करोड विनियोजन भएको छ।

चौतिस हेक्टर क्षेत्रफलमा फैलिएको देवताल पोखरीको निर्माणले पर्यटकलाई आकर्षण गर्ने जनाइएको छ। विनियोजित रकमबाट चारैतिरबाट पर्खाल र टटबन्ध निर्माण, हरियाली उद्यानलगायतको काम गरिने सिम्रौनगढ नगर प्रमुख विजयशङ्कर यादवले जानकारी दिए।

भौतिक पूर्वाधार निर्माण नभएका कारण झरौखर पोखरीमा मत्स्यपालन हुँदै आएको तथा आँप बगैँचाबाट समेत वार्षिक करोडौँको आम्दानी हुने जनाइएको छ।

यस क्षेत्रमा करिब २० गाउँ रहेको छ भने ५२ पोखरीमध्ये झरौखर पोखरी सबैभन्दा ठूलो र ऐतिहास रहेको जनाइएको छ। पोखरीको बृहत्तर विकासका लागि गुरुयोजना बनाइ कार्यान्वयन गर्न स्थानीयवासी उपेन्द्रप्रसाद जयसवालले माग गरे।

झरौखर पोखरीसँगै सात बिघामा इसरा पोखरी रहेको र त्यहाँ मत्स्यपालन हुँदै आएको छ। यो नगरपालिकाको लागि राम्रो आम्दानीको स्रोत भएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved