बढ्दो शहरीकरणले जोखिममा छन् उपत्यकाका नेवार बस्ती (फोटो फिचर)

ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइरहेको छ।

नेपालभ्युज

बढ्दो शहरीकरणले जोखिममा छन् उपत्यकाका नेवार बस्ती (फोटो फिचर)

काठमाडौं। बढ्दो शहरीकरणले उपत्यकाको नेवार बस्तीहरू मासिँदै गएका छन्।

यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरूलाई त तहसनहस बनायो।

काठमाडौं उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन्। नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ।

ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइरहेको छ।

यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। प्रकृति र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्तीलाई हेर्नुहोस् तस्वीरमा :

कीर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुट्दै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ ।
कीर्तिपुरको परम्परागत झयालबाट चिहाउँदै
खोकनाका थकाल, यहाँ टोलका  ज्येष्ठ व्यक्तिलाई थकालीको रूपमा मान्ने चलन छ
खोकनामा भूकम्पपछि पुरानै ढाँचामा पुर्ननिर्माण गरिएको बस्ती
ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउँदै महिलाहरू
च्यासलको लाक्षी रहेको एक फल्चामा आराम गर्दै स्थानीय
ललितपुरको बाँडेगाँउ
ललितपुरको बुङमतीमा देवताको नाममा बनाइएको ऐतिहासिक पुरातात्विक पोखरी
भक्तपुरको एक पौराणिक घरबाट चिहाउँदै
भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउँदै कलाकार
लुभुको परम्परागत नेवारी बस्ती, यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ ।
ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला, यहाँको सुकुल देशभर प्रख्यात छ ।
हरिसिद्धिको फल्चामा बसेका दौतरी वृद्धा

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved