काठमाडौं। नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन्। निर्देशक पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
पदभार ग्रहण गर्दै निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार व्यक्त गरे।
उनले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरूलाई आम जनताको सहज र सुलभ पहुँचमा पु¥याउनका लागि सवैले प्रतिबद्ध हुनुपर्ने बताए।
Facebook Comment
Comment