औरही नगरपालिकामा २७८ भूमिहीन परिवारले पाए लालपूर्जा

नेपालभ्युज

औरही नगरपालिकामा २७८ भूमिहीन परिवारले पाए लालपूर्जा

जनकपुरधाम। महोत्तरीको औरही नगरपालिकामा २७८ भुमिहिन घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ।

शुक्रबार औरही नगरपालिका वडा ६ मा एक कार्यक्रमको आयोजना गरि स्थानिय २७८ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको हो।

नापी कार्यालय महोत्तरी जलेश्वरको २ नं. टोलीले साविकको खोपी गाविस वडा नं. २, ३, ४ र ५ नं.को वासीलाई गाउ ब्लक लालपूर्जा वितरण गरिएको औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले बताए।

गाँउ ब्लक लालपूर्जा वितरण कार्यक्रम अन्र्तगत उनीहरुलाई लालपूर्जा वितरण गरिएको नापी अधिकृत राकेश कुमार झाले जानकारी दिए।

वर्षौदेखि सुकुमबासी जीवन जिउँदै आएकाहरूले जग्गाधनी पूर्जा पाएपछि बल्ला जग्गाको मालिक भएको खुशी व्यक्त गरेका छन्। उनीहरू अब सरकारीस्तरको हरेक सेवा सुविधा प्राप्त गर्न सक्ने भएका नापी अधिकृत झाले बताए।

हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी ५ हजार १ सय जनालाई लालपूर्जा वितरण गरिएको अधिकृत झाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved