कमल थापाले ‘सूर्य’ रोजेपछि भीम रावलको व्यंग्यः ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त?

नेपालभ्युज

कमल थापाले ‘सूर्य’ रोजेपछि भीम रावलको व्यंग्यः ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नबाट निर्वाचनमा उठ्ने अभिव्यक्ति दिएपछि एमाले नेता भीम रावलले व्यंग्य गरेका छन्।

आज एक ट्वीट गर्दै राववले लेखेका छन्-उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त?  उनले थापाको यो अभिव्यक्तिलाई छेपारो करामत भनी प्रश्च गरेका छन्। साथै उनले समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो? भनी पनि व्यंग्य गरेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved