स्थानीय चुनावको तयारीबारे जानकारी दिन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

निर्वाचन सर्ने चर्चा चलिरहेको बेला निर्वाचन आयोगले सबै आयुक्तसहित पत्रकार सम्मेलन राखेर जानकारी दिन लागेको छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन सर्ने चर्चा चलिरहेको बेला निर्वाचन आयोगले सबै आयुक्तसहित पत्रकार सम्मेलन राखेर जानकारी दिन लागेको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म भएका काम र आचारसंहितालगायत विषयमा जानकारी दिन निर्वाचन आयोगले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्न लागेको हो।

आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तसहितको उपस्थितिमा आज अपराह्न ५ बजे पत्रकार सम्मेलन गर्न लागेको हो। स्थानीय तहको निर्वाचनको आचारसंहिता, निर्वाचन तयारी, मतपत्र छपाइ र अहिलेसम्म भएका कामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

एकै चरणमा ७ सय ५३ वटै स्थानीय तहमा आगामी वैशाख ३० गते निर्वाचन गरिँदै छ। निर्वाचन आउन अब ३४ दिन मात्र बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved