पाँच वर्षअघि गरेको बाचा पूरा गर्ने प्रक्रिया शुरु भएको छ: रेणु दाहाल

नेपालभ्युज

पाँच वर्षअघि गरेको बाचा पूरा गर्ने प्रक्रिया शुरु भएको छ: रेणु दाहाल
फाइल तस्वीर

चितवन। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको शुरु भरतपुरबाट भएको बताएकी छन्। भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रममा उनले आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको शुरुआत भएको बताइन्।

उनले भनिन्, “भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ।”

उक्त अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो। सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन्। तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved