प्रतितोला तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय  रुपैयाँले घटेर ९८ हजार ५०० रुपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ रहेको छ। तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved