चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या, अन्य दुई घाइते

एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

नेपालभ्युज

चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या, अन्य दुई घाइते
सांकेतिक तस्वीर

तेहरान। एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलीभिजनले उल्लेख गरेको छ ।

खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले इरानी टेलीभिजनसँग भने, “एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved