देउवाले गरे चोभार सुक्खा बन्दरगाहको उद्घाटन

विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको चोभार बन्दरगाह सीमा क्षेत्रभन्दा बाहिर भित्री शहरमा बनेको पहिलो बन्दरगाह हो।

नेपालभ्युज

देउवाले गरे चोभार सुक्खा बन्दरगाहको उद्घाटन

काठमाडौं। चोभार सुक्खा बन्दरगाहको उद्घाटन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज बन्दरगाहको उद्घाटन गरेका छन्।

वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत सामान बोकेर काठमाडौं आएको तीन कन्टेनरलाई बन्दरगाहमा प्रवेश गराउँदै देउवाले उद्घाटन गरेका हुन्।

बन्दरगाहको उद्घाटन भएसँगै अब काठमाडौंबाटै स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास गर्ने बाटो खुलेको छ।

विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको चोभार बन्दरगाह सीमा क्षेत्रभन्दा बाहिर भित्री शहरमा बनेको पहिलो बन्दरगाह हो।

उक्त बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमतासहित माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षालगायत सबै पूर्वाधार रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved