जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा

नेपालभ्युज

जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा

बाँके। बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ। सोमवारदेखि शुरु भएकोे गाउँघर निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

उनले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यमा बिशेष लगानी गरेको बताए।

अध्यक्ष कक्षपतिका अनुसार हरेक वर्ष गाउँ टोलमै पुगेर शिविर सञ्चालन गरी प्रदान गरिएको स्वास्थ्य सेवाबाट जेष्ठ नागरिकलाई राहत पुगेको महसुस भएको छ।

जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्यावसहितको निःशुल्क स्वास्थ्य शिविर वडा वडामै सुरु गरिएको खजुरास्थित स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेलले जानकारी दिए।

वडा नम्बर २ सितापुरबाट सुरु गरिएको कार्यक्रम चैत २८ गते सोनपुर स्वास्थ्य चौकीमा पुगेर समापन हुने उनको भनाइ थियो। नेपालगञ्जका वरिष्ठ चिकित्सक प्रकाश नागसहितको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएका छन्।

सोमबार १६८ जेष्ठ नागरिकले जचाएकामा अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको शाखा प्रमुख पौडेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved