नेपाल भाषा अध्ययन गर्ने विद्यार्थी न्युन भएको भन्दै ज्ञापनपत्र

नेपालभ्युज

नेपाल भाषा अध्ययन गर्ने विद्यार्थी न्युन भएको भन्दै ज्ञापनपत्र

काठमाडौं। नेवार समुदायको विद्यार्थी साझा संगठन नेवाः विद्यार्थी युनियनले रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसको बि.ए. प्रथम बर्षमा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरु न्युन रहेको भन्दै नेवाः देय् दबुलाई ज्ञापनपत्र बुझाइएको छ।

रत्न राज्यलक्ष्मी क्याम्पस, पद्म कन्या क्याम्पस र ललितपुरको पाटन संयुक्त क्याम्पसमा त्रि.वि. नीति—नियम अनुसार १०—१० जना विद्यार्थी संख्या भएको खण्डमा मात्रै नेपाल भाषाका कक्षा संचालन गर्ने भएकाले यसै महिनाभित्र विद्यार्थीहरु भर्ना गराउन अपिल गरिएको छ।

नेवाः देय् दबुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन, सदस्य मनिस कुमार श्रेष्ठ (मानव) सहितका विद्यार्थी नेताहरुले ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा भनिएको छ,” नेवाः विद्यार्थी युनियन नेवार समुदायको साझा संगठन हो। जसको मुख्य उद्देश्य भनेकै नेवार विद्यार्थीहरुको नेवाः हक अधिकारका बारेमा चेतना जागरण गराई नेवाः विद्यार्थीहरुलाई संगठित गरी नेपाल भाषाको संरक्षण, प्रवद्र्धन गर्ने हो।” साथै नेपाल भाषा पठनपाठन क्षमता अभिवृद्धि गर्ने लगायत विभिन्न कार्यक्रम गर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved