२०७४ सालको चुनावलाई हेरेर सिट बाँडफाँड गरे मान्य हुन्न : डा. भट्टराई

नेपालभ्युज

२०७४ सालको चुनावलाई हेरेर सिट बाँडफाँड गरे मान्य हुन्न : डा. भट्टराई

बुटवल। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा‍ बाबुराम भट्टराईले सत्ता गठबन्धनमा २०७४ सालको निर्वाचन हेरेर सिट बाडफाँड गरिए आफुहरुलाई मान्य नहुने बताएका छन्।

जसपाले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सम्मानजनक सिटको बाडफाँड भएमात्र गठबन्धनबाट चुनाव लड्ने बताए। नभए, आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने दाबी उनले गरे।

जसपा पार्टी नयाँ भएपनि भविष्य मुखी दाबी उनले गरे। उनले नेपाली कांग्रेस , नेकपा माओवादी लगायतका दलहरु मर्न लागेका बुढा पार्टी बनिसकेको आरोप समेत लगाए।

अहिलेको संविधान र लोकतन्त्र पूर्ण नभएको अध्यक्ष भट्टराईको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved