तीन महीनामा नेपाल भित्रिए ४२ हजार पर्यटक

नेपालभ्युज

तीन महीनामा नेपाल भित्रिए ४२ हजार पर्यटक
फाइल तश्वीर

काठमाडौं। २०२२ को पहिलो तीन महीनामा नेपालमा ४२ हजार पर्यटक नेपाल भित्रिएका छन्। मार्चसम्म ४२ हजार ६ जना अन्तर्राष्ट्रिय पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

यस वर्ष नेपाल भित्रिने पर्यटकको संख्या एक सय ८० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष पहिलो तीन महीनाको अवधिमा केवल १४ हजार  ९७७ जना पर्यटक नेपाल भित्रिएका थिए।

कोरोनाको प्रभाव कम हुँदै गएपछि पर्यटकको संख्या बढ्दै गएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved