सुर्खेत। कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन्। कालिकोटको पचाल झरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने कर्णाली नदीमा मिनीबस खसेको हो।
नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको मिनिबस कर्णालप् नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
आइतबार दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए। “हाम्रोमा भएको इन्ट्रीअनुसार तीन जना मात्र देखिएको छ, त्यसमध्ये एक जना बेपत्ता हुनुहुन्छ,” उनले भने, “चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ।”
उनका अनुसार चालक कृष्णबहादुर शाही छन्। यात्रु महिला कालिकोटको पचालझरना गाउँपालिका–८ की सलानी कार्की हुन्। बेपत्ता सहचालकको पहिचान खुलेको छैन।
Facebook Comment
Comment