काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा आज मतदान हुँदैछ। खानलाई पार्टीभित्रबाट समेत विरोध भएका कारण अविश्वासको प्रस्ताव सामना गर्न कठिन हुने अनुमान गरिएको छ।
विपक्षी गठबन्धनले खानमाथि आर्थिक अव्यवस्थाको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएको छ। तर, खानले अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताएका छन्। उनले गए राति राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले अविश्वासको प्रस्ताव डटेर सामना गर्ने बताएका हुन्।
प्रधानमन्त्री खानले विपक्षी दलहरूले ‘विदेशी षडयन्त्र’ मार्फत ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाए। सम्बोधन गर्दै उनले विपक्षीसँग मिलेर आफ्नोविरुद्ध विदेशबाट षड्यन्त्र रचिएको बताएका हुन्। खानले सम्पूर्ण देश विशेष गरी युवाहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न र सडकमा आउन अपिल गरेका छन्।
Facebook Comment
Comment