देउवा र मोदीले संयुक्त रूपमा झण्डा हल्लाएपछि नेपालमा आजदेखि चल्यो रेल

नेपालभ्युज

देउवा र मोदीले संयुक्त रूपमा झण्डा हल्लाएपछि नेपालमा आजदेखि चल्यो रेल

काठमाडौं । देशको एक मात्र रेल्वेको शनिबार उद्घाटन भएको छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएपछि भारतको जयनगरबाट रेल जनकपुर-कुर्थाका लागि प्रस्थान गरेको छ। दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन्।

प्रधानमन्त्री देउवा अहिले भारत भ्रमणमा छन्।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved