‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान

नेपालभ्युज

‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान

पर्वत। मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ। जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन गोरखादेखि सुरु भएको अभियानअन्तर्गत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमूलक ¥याली र कोणसभा गरिएको छ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा स् सबैको अधिकार’ भन्ने मूल नाराका साथ २१ जिल्लामा ‘युद्ध निषेध ः शान्ति विशेष’ र लागुऔषध तथा दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गरिने समाजका महासचिव रामकृष्ण बरालले बताए।

मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, बर्दघाट र गैँडाकोट हुँदै चैत २५ गते चितवनमा समापन गरिने बरालले बताए। प्रत्येक ठाउँमा तापक्रम वृद्धिले पारेको असर र न्यूनीकरणका उपायसम्बन्धी पर्चा वितरण, सडकमा ¥याली र कोणसभा गरिने समाजले जनाएको छ।

समाजका सभापति गोविन्द खनालले मानव जीवनसँग सम्बन्धित हिमाल र सभ्यतासँग जोडिएको नदीलाई जोगाउन नागरिक सचेत बन्नुपर्ने अवस्था आएको बताए। “नदी जोगाउनका लागि हिमालय, वातावरण र पर्यावरण जोगाउन आवश्यक छ”, उनले भने, “हाम्रा कुकर्मका कारणले हिमाल नाङ्गिँदै गएका छन्। यसले गर्दा हिमनदी सुक्ने, जलचर लोप हुँदै जाने स्थिति सिर्जना भएको छ।”

शान्ति समाजका पूर्वसभापति उत्तम पुडाशैनीले विगतमा राजनीतिक परिवर्तन, मानवअधिकार र लोकतन्त्रका लागि लडेको समाजले पछिल्लो समय नागरिक अधिकारका मुद्दामा केन्द्रित भएको उनले बताए। समाजका संस्थापक सभापति कृष्ण पहाडीले गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा र सुशासन राजनीतिक मुद्दा बन्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved