आइतबारदेखि लामो दूरीको सवारी भाडा बढ्ने

नेपालभ्युज

आइतबारदेखि लामो दूरीको सवारी भाडा बढ्ने
फाइल तश्वीर

काठमाडौं । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका सवारी साधनको भाडा बढाउनका लागि सैद्धन्तिक सहमति दिएको छ। यसका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमति दिइएको यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

महानिर्देशक घिमिरेका अनुसार अहिले पेट्रोलियम पदार्थको मुल्य बढेको हुनाले त्यसैका आधारमा यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रमा रुटअनुसार कम्तिमा १० देखि १४ प्रतिशतसम्मले भाडा बढ्नेछ। तर, विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर भने आइतबार प्रकाशित गर्ने महानिर्देशक घिमिरेले बताए।

उपत्यका वा छोटो दूरीका सवारीमा भने भाडा नबढ्ने उनले बताए।

सार्वजनिक यातायातका साधनको भाडादरमा स्वचालित प्रणाली लागू भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा प्रणाली सम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन्।

मन्त्रालयले उक्त कार्यविधि स्विकृत गरेर यातायात व्यवस्था विभागलाई पठाइसकेकाले उक्त कार्यविधि अनुसार भाडादर निर्धारण गर्ने काम भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

उनकाअनुसार स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको भाडा पनि घटबढ हुने छ।

पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा कम तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन।
‘पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा माथि बढ्यो भने त्यसैका आधारमा सार्वजनिक यातायातका साधनको भाडादर पनि बढ्छ । घट्यो भने पनि घटेको प्रतिशतका आधारमा नै सार्वजनिक यातायातका साधनको भाडादर घट्छ,’  उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved