ठूला उद्योगमा दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ

नेपालभ्युज

ठूला उद्योगमा दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ

काठमाडौं। व्यवसायीहरूले उद्योग, कलकारखानामा पछिल्लो साता बिजुली कटौती भएको गुनासो गरेका छन्। उनीहरूले केही दिनदेखि दैनिक १४ घण्टाभन्दा बढी समय अघोषित रूपमा लोडसेडिङ भइरहेको गुनासो गर्दै आएका हुन्।

बिहीबार रिपोर्टस क्लव नेपालको २४ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष दिनेश श्रेष्ठले आफ्नो वित्तीय अवस्था बिग्रन थाले पनि प्राधिकरणले भारतबाट महँगोमा बिजुली किन्न नचाहेको आरोप लगाए।

यता नेपाल विद्युत् प्राधिकरणले रूस र युक्रेनबीच भएको युद्धको कारण कोइला आयातमा भएको समस्याले भारतीय बजारमै बिजुलीको भाउ महँगिएसँगै बढेको मूल्य तिर्दासमेत बिजुली नपाएको बताउँदै आएको छ। बिजुली नपाएपछि ठूला उद्योगहरूमा लोडसेडिङ गर्नुपरेको प्राधिकरणले बताएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले एक साता अघि पत्रकार सम्मेलन नै गरी भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करीब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने प्रक्षेपण रहेको बताएका थिए। भारतबाट महँगोमा बिजुली किन्दा प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्ने उनले बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved