गठबन्धन बैठकमा सहभागी जनमोर्चाले भन्यो, ‘चुनावका लागि गएका हौँ’

नेपालभ्युज

गठबन्धन बैठकमा सहभागी जनमोर्चाले भन्यो, ‘चुनावका लागि गएका हौँ’

काठमाडौं । सत्ता गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चा गठबन्धनको बैठकमा सामेल भएको छ।

अमेरिकी सहयोग सम्झौता एमसीसी राष्ट्रघाती भएको भन्दै जनमोर्चा सरकार छाडेको थियो। तर आज भएको सत्ता गठबन्धनको बैठकमा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएकी थिइन्।  लोसपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल नभएको बैठकमा सहभागी भएिपछि पौडेलले नेपालभ्यूजसँग बताइन्। “एमसीसी पास भएपछि हामीले सत्ता गठबन्धनको साथ त छाडेका हौं तर स्थानीय चुनावका लागि हामी गठबन्धनको बैठकमा सहभागी भएका हौं,’ उनले भनिन्।

संसदबाट एमसीसी पास भएपछि जनमोर्चा पहिलो पटक सत्ता गठबन्धनको बैठकमा सामेल भएको उनले बताइन्। एमसीसीकै कारण गठबन्धन टुटे पनि स्थानीय तह निर्वाचनका लागि बैठकमा सहभागी भएको उनले जिकिर गरिन्। उनले थपिन्, “स्थानीय तह निर्वाचनका लागि पाँच दलको बैठक भनेर बोलाउनुभएको थियो, त्यसपछि गएको हो।”

एमसीसी पास भएपछि जनमोर्चाको तर्फबाट कोही पनि गठबन्धन बैठकमा सहभागी भएका थिएनन्। तर आज पौडेल बैठकमा सहभागी भएकी हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved