एमालेबाहेक अरूले विकास गर्न सक्दैनन्, अब पहिलो शक्ति हुन्छौंः केपी ओली

नेपालभ्युज

एमालेबाहेक अरूले विकास गर्न सक्दैनन्, अब पहिलो शक्ति हुन्छौंः केपी ओली

सुर्खेत। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पहिलो शक्तिका रूपमा उदय हुने बताएका छन्। बिहीबार एमाले दैलेखको दुल्लु नगर कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यष ओलीले नेकपा (एमाले) पहिलो शक्ति हुने बताएका हुन्।

टाउकाहरू मिल्दैमा एमालेलाई जनताले नभुल्ने उनले बताए। ‘जनताको सुख, दुःखमा एमाले साथमा रहेको छ,” उनले भने, “टाउका मिले पनि जनताले समृद्धि पक्षमा लागेको पहिलो शक्ति हुनेछ।”
‘एमाले हिजो पनि विकास र समृद्धिको पक्षमा र अब पनि त्यसको नेतृत्वको काम गरेर कार्यान्वयनतर्फ लाग्ने उनले बताए।

‘एमालेबाहेक अरुले देशको विकास गर्न सक्दैन,” समृद्धि ल्याउने एमालेबाहेक अरूले सक्दैनन्।”

दैलेखको दुल्लुलाई स्मार्ट सिटी बनाउने अध्यक्ष ओलीले बताए। “दुल्लुलाई यसको विकासका लागि आफ्नो पालमा पहल गरेको थिएँ। तर अहिलेको सरकारले उदासीनता देखायो,” उनले भने, “यो सरकारलाई कुन ठाउँको के विकास गर्नुपर्छ भन्ने पत्तो पनि छैन।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved