बाबुराम भन्छन्: नेपालमा शक्ति राष्ट्रको चासो बढ्यो, बेलैमा सचेत हौँ

‘‘युक्रेनको घटना हामीलाई ठूलो पाठ हुनसक्छ, यो चानचुने छैन,” उनले भने, ‘‘जसरी देशमा विश्व महाशक्तिको चासो बढ्दैछ हामीले बेलैमा मुख्य शक्तिसँग राम्रो सन्तुलित सम्बन्ध बनाएर जानसकेनौँ भने नराम्ररी दुर्घटनामा पर्नसक्छौँ।”

नेपालभ्युज

बाबुराम भन्छन्: नेपालमा शक्ति राष्ट्रको चासो बढ्यो, बेलैमा सचेत हौँ

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालमा शक्ति राष्ट्रको चासो बढ्दै गएकाले बेलैमा सचेत हुनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लबको २४ औँ वार्षिकोत्सव समारोहमा भारत, चीन र अमेरिकाको सम्बन्धले नेपालको आन्तरिक सम्बन्ध पनि प्रभावित हुने परिस्थिति बन्दै गएकाले समान राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन्। नेपालमा विश्व महाशक्तिको चासो बढ्दै गएकाले बेलैमा मुख्य शक्तिसँग राम्रो सन्तुलित सम्बन्ध बनाएर जानुपर्ने उनले बताए।

‘‘युक्रेनको घटना हामीलाई ठूलो पाठ हुनसक्छ, यो चानचुने छैन,” उनले भने, ‘‘जसरी देशमा विश्व महाशक्तिको चासो बढ्दैछ हामीले बेलैमा मुख्य शक्तिसँग राम्रो सन्तुलित सम्बन्ध बनाएर जानसकेनौँ भने नराम्ररी दुर्घटनामा पर्नसक्छौँ।”

शक्ति राष्ट्रहरूको नेपालमा बढ्दो चासोमा दलगट, गुटगट र निजी धारणा नभएर बेलैमा समान राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल अहिले अहिले पनि संकीर्ण कालबाट गुज्रिरहेकोमा राजनीतिक नेतृत्व, अगुवा, चिन्तक, दूरद्रष्टाले देख्नुपर्ने र गर्नुपर्ने काम नगरेको भन्दै उनले यस्ता काम मिडियाले गरेको र नेतृत्वले तिनलाई पछ्याइरहेको बताए।

देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले राजनीतिक नेतृत्वले समस्या पहिचान गरेर समाधान नखोजेको उनले बताए। उनले भने, ‘‘देशले अहिलेसम्म पनि राम्ररी खुट्टा टेक्न सकेको छैन। न राष्ट्रियताको मुद्दाले स्थायीत्व ग्रहण गर्न सकेको छ, न लोकतन्त्रले राम्ररी खुट्टा टेक्न सकेको छ, न अर्थतन्त्रले नै।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved