टस हारेर ब्याटिङमा उत्रियो नेपाल, आदिलको डेब्यू

नेपालभ्युज

टस हारेर ब्याटिङमा उत्रियो नेपाल, आदिलको डेब्यू

काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग टस हारेर ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा खेल साढे १२ बजे शुरु हुँदै छ। आजको खेलमा नेपालका युवा ब्याटर अदिल आलमले टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन्। कुशल मल्ललाई आजको खेलमा विश्राम दिइएको छ। आजको खेल जितेमा नेपालले फाइनलमा स्थान बनाउनेछ।

नेपालले जारी सिरिजमा लगातार २ खेल जितिसकेको छ। पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले हिजो मलेशियामाथि ६ विकेट जित निकालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved