दुर्घटनामा एकको मृत्यु

नेपालभ्युज

दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत आज म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुने तनहुँको ऋषिङ गाउँपालिका–२ काहुँशिवपुर निवासी १९ वर्षीय तारन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तनहुँको थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सख्त घाइते युवकको दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो। रामबहादुर थापाले मृतक आफ्नो भाइ भएको जनाएपछि पहिचान खुलेको हो।

ना ३ ख ४६९१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्कर पश्चात फरार रहेका ट्रक चालक प्रहरी सम्पर्कमा आएको तर नियन्त्रणमा आइनसकेको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved