सत्ता गठबन्धनको बैठक भोलि बालुवाटारमा बस्ने

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक भोलि बालुवाटारमा बस्ने
फाइल तस्वीर

काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बिहीबार सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटामार बैठक बोलाइएको छ।

सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

‘सत्ता गठबन्धनको बैठक बिहीबार बिहान साढे १० बजेको लागि बोलाइएको छ’, वरिष्ठ नेता पौडेलले भने, ‘बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन्छ।’

सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।

मंगलबार सम्पन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावी सहरकार्य गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved