प्रचण्ड आज फेरि चितवन जाँदै

नेपालभ्युज

प्रचण्ड आज फेरि चितवन जाँदै

काठमाडौं। स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) गृह जिल्ला चितवन जाँदैछन्।

चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत् सबस्टेसनको उद्घाटन गर्नेछन्। त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिम खण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन्।

केही दिनअघि पनि उनी गृहजिल्लामा पुगेर विभिन्न विकास निर्माणका काम अवलोकन, उद्घाटन र शिलान्यास गरेका थिए। चितवन कांग्रेसले भने निर्वाचनमा गठबन्धनको विरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved