प्रहरीले बिना कारण निर्घात कुटेपछि स्थानीयले गरे चौकी घेराउ (भिडिओसहित)

कुटपिटमा संलग्नलाई प्रहरीले भगाएपछि स्थानीय आक्रोशित

मंगलबार राति साढे ९ बजेको समयमा हाँडीगाउँ डबलीस्थित एकघरको पेटीमा बसिरहेका २१ वर्षीय अनुज प्रजापतीलाई प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानले कुटेपछि स्थानीयले प्रहरी बिट गहनापोखरी घेराउ गरेका हुन्।

नेपालभ्युज

प्रहरीले बिना कारण निर्घात कुटेपछि स्थानीयले गरे चौकी घेराउ (भिडिओसहित)

काठमाडौं। काठमाडौंको हाँडीगाउँमा दुई प्रहरीले एक युवालाई निर्घात कुटपिट गरेपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन्। मंगलबार राति साढे ९ बजेको समयमा हाँडीगाउँ डबलीस्थित एकघरको पेटीमा बसिरहेका २१ वर्षीय अनुज प्रजापतीलाई प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानले कुटेपछि स्थानीयले महानगरीय प्रहरी बिट गहनापोखरी घेराउ गरेका हुन्।

पोसाकसहित ड्युटीमा खटिएका गहनापोखरी बिटका असई सन्तोष चौधरी र प्रहरी जवान विनोद खड्काले प्रजापतिलाई मोटरसाइकलको हेलमेटले कुटपिट गर्दै उसबस गराएको स्थानीयको आरोप छ।

“छिमेकीको घरको सिडीमा अनुज बसिरहेका थिए। पुलिस आएर यहाँ किन यहाँ बसेको भन्दै सडकमा रोकिराखेको बाइकको हेलमेट झिकेर हान्न थाले। अनोजलाई उठबस गराउन थाले। फेरि घुँडा टेक्न लगाए” स्थानीय सबीन प्रजापतीले नेपाल भ्यूजसँग भने, “एकजनाले लात्ताले हान्ने र अर्को पुलिसले हेलमेटले हान्ने गर्न थाले। पीडित चिच्याएपछि अरू मानिस आए। अनि मात्र कुटपिट रोकियो।”

स्थानीय आएर कुटपिट गर्ने प्रहरीलाई नियन्त्रणमा लिएका थिए। स्थानीयका अनुसार पछि महानगरीय प्रहरी वृत्त मालिगाउँबाट आएको प्रहरी टोलीले कुटपिटमा संलग्न प्रहरीलाई भगाए।

आफ्नो सङ्गठनका कर्मचारीलाई उम्काउन प्रहरीले कुटपिटमा संलग्नलाई भगाएको भन्दै कारबाहीको माग राखी स्थानीयले गहनापोखरी वृत्त घेराउ गरे। लामैसमय प्रहरी र स्थानीयबीच भनाभन भयो।

चौकी घेराउन गर्न गएका स्थानीयको दबाबपछि प्रहरीले कुटपिट गर्ने दुई प्रहरीलाई स्वास्थ्य जाँचको लागि वीर अस्पताल लगेको थियो। तर, अस्पताल लगेर पनि कुनै पनि परीक्षण नगरी फर्काएको स्थानीय वीरेन्द्र प्रजापतिले बताए। “कुटपिटमा संलग्न प्रहरीले मदिरा वा लागुऔषध सेवन गरेको आशङ्का छ। तर, उनीहरूलाई कुनै परीक्षण नगरी यत्तिकै फर्काइयो” प्रजापतिले नेपाल भ्यूजसँग भने।


वीर अस्पतालमा बा २ झ ७०४६ नम्बरको प्रहरी भ्यानमा आएका प्रहरी नायब उपरीक्षक बी श्रेष्ठले समेत आफूहरूलाई थर्काएको पीडित पक्षको गुनासो छ।

घटनाबारेमा महानगरीय प्रहरी वृत्त मालिगाउँका प्रमुख तथा महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीसँग सम्पर्क गर्दा फोन उठेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved