इतिहासमा आज

जब हिरोइनको प्रेममा ‘पागल’ भएका व्यक्तिले ठोके अमेरिकी राष्ट्रपतिमाथि गोली

१२ दिनसम्म अस्पतालमा बसेपछि ११ अप्रिलमा राष्ट्रपति रेगन डिस्चार्ज भए। यसपछि स्वस्थ भएर उनले फेरि आफ्नो काम गर्न थाले।

नेपालभ्युज

जब हिरोइनको प्रेममा ‘पागल’ भएका व्यक्तिले ठोके अमेरिकी राष्ट्रपतिमाथि गोली

३० मार्च, १९८१ मा अमेरिकी रोनाल्ड रेगनमाथि जोन हिङक्ली जुनियरले वासिङटन डिसीमा गोली हाने। यतिबेला रेगले राष्ट्रपति पदको शपथ लिएको केवल दुई महीनामात्रै भएको थियो।

डिसीमा एक कार्यक्रम सकेर राष्ट्रपति रेगन आफ्नो गाडीतर्फ फर्कदैं थिएँ। हिङक्लीले .२२ लङ राईफल बुलेट हानेका थिए। यो बुलेट राष्ट्रपतिको गाडीको अफ साइडमा लागेर फर्कियो र राष्ट्रपतिको देब्रे काखीमा लाग्यो।

राष्ट्रपति रेगन गम्भीर घाइते भए। उनको फोक्सोमा पनि समस्या देखिएको थियो। र, आन्तरिक रक्तास्राब हुन थाल्यो। चिकित्सकहरूका अनुसार जर्ज वासिङटन विश्वविद्यालय अस्पताल ल्याउँदा उनी मृत्यु नजिक थिए।

यसपछि उनको शल्यक्रिया गरियो। १२ दिनसम्म अस्पतालमा बसेपछि ११ अप्रिलमा राष्ट्रपति रेगन डिस्चार्ज भए। यसपछि स्वस्थ भएर उनले फेरि आफ्नो काम गर्न थाले।

यस घटनामा ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेम्स ब्राडी, गुप्तचर एजेन्ट टिम म्याककार्थी र डिसी प्रहरी अधिकृत थोमस डेलाहान्टी पनि घाइते भएका थिए। उनीहरू तीनैजना बाँचे। तर, सबैभन्दा धेरै समस्या ब्राडीमा देखियो। उनको मस्तिष्क क्षतिग्रस्त भयो र कहिल्यै काम गर्न सकेन।

त्यसैकारण, २०१४ मा उनको मृत्युलाई पनि हत्यासरह नै मानियो, किनकी उनी ३३ वर्षअघि लागेको गोलीकै कारण घाइते भएर यो अवस्थामा पुगेका थिए।

गोली हान्ने हिङक्लीमाथि राष्ट्रपतिको हत्या प्रयास, संघीय अधिकारीहरूमाथि आक्रमण, खतरनाक हतियारबाट आत्रमण, नियोजित रूपमा हत्या प्रयास, प्रहरी अधिकारीमाथि खतरनाक हतियारमार्फत आक्रमणलगायत ७ वटा मुद्दा चले।

तर, यसमध्ये कुनै पनि प्रमाणित हुन सकेन। उनले त्यतिबेलाकी चर्चित अभिनेत्री जोडी फोस्टरको ध्यान आफूतर्फ आकर्षित गर्नका लागि राष्ट्रपति रेगनमाथि गोली हानेको बयान दिएका थिए। हिङक्लीका अनुसार उनी यी अभिनेत्रीसँग एकतर्फी प्रेममा थिए।

मानसिक रोगी भएकाले उनी निर्दोष साबित भए, उनलाई सेन्ट एलिजावेथ अस्पतालस्थित मानसिक सुधारगृहमा लगियो। हिङक्ली १० सेप्टेम्बर २०१६ मा मानसिक सुधार गृहबाट रिहा भए।

हिङक्लीबाट उनी स्वयंम् र अन्य व्यक्तिको ज्यान जाने खतरा नरहेको ठहर गर्दै उनलाई मानसिक सुधार गृहबाट निकाल्नका लागि अदालतले आदेश दिएको थियो।

रिहाईपछि झन्डै तीन वर्षसम्म उनले चित्रकला, लेख र संगीतमा आफ्नो नाम हाल्न पाएका थिए। तर २०२० मा नयाँ आदेश जारी गर्दै उनलाई आफ्ना सिर्जनामा नाम लेख्न अनुमति दिइयो । त्यसयता उनले विभिन्न गीतहरू रेकर्ड गर्दै आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved