काठमाडौं। भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने २६ जना नगरवासीहरूलाई भक्तपुर नगरपालिकाले ७९ लाख ८३ हजार ९२५ रूपैयाँ अनुदान रकम वितरण गरेको छ। घरको मोहडामा परम्परागत शैलीमा काठ, इँटा र झिंगटीको प्रयोग गर्ने नगरवासीलाई मंगलबार नगरपालिकाले अनुदान दिएको हो।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले अनुदान रकम हस्तान्तरण गरेका हुन्। अध्यक्ष विजुक्छेंका अनुसार आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्पm उन्मूख हुँदै गएको उल्लेख गर्दै नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान चलाउनुपर्ने बताए।
उनले भने, “पुराना घरको संरचनाहरूमा प्राविधिक र वैज्ञानिक आधार रहेको बताउनुहुँदै परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।
उनले भने, “मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण हामी सबैको जिम्मेवारी हो। पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरको कला संस्कृति, सम्पदा संरक्षण लगायत समग्र विकासमा अगाडि बढ्न नगरबासी र नगरपालिकाले हातेमालो गर्नुपर्छ।”
विश्व सम्पदामा समावेश भक्तपुरको दरबार र वरिपरिका पुराना घर परम्परागत शैलीमा बनाउन नगरबासीहरूलाई प्रोत्साहन गर्न नगरपालिकाले दिने अनुदानसम्बन्धी कार्यविधि २०७५ बनाएको नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए।
उनका अनुसार आव २०७५-७६ देखि मापदण्ड अनुरूप घर निर्माण गर्ने नगरबासीहरूलाई घर निर्माण गर्न लागेको खर्चको ३५ प्रतिशत रकम अनुदानस्वरूप वितरण गर्दै आएको हो।
Facebook Comment
Comment