पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हावाहुरीसहित वर्षाको सम्भावना

नेपालभ्युज

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हावाहुरीसहित वर्षाको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित-चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित-चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved