अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन : चीन र रूस प्रमुख सुरक्षा खतरा (पूर्णपाठसहित)

इन्डो प्यासिफिक क्षेत्रमा चीनले बढाउँदै लगेको चुुनौतिको सामना गर्नु र युरोपमा रूसले बढाएको सुरक्षा चुनौतीलाई पनि अमेरिकी रक्षा मन्त्रालयले आफ्नो सुरक्षा प्राथमिकताका रुपमा स्वीकार गरेको छ।

नेपालभ्युज

अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन : चीन र रूस प्रमुख सुरक्षा खतरा (पूर्णपाठसहित)

वासिङ्टन डीसी। अमेरिकाको रक्षा मन्त्रालयले यो वर्षको आफ्नो वर्गीकृत राष्ट्रिय सुरक्षा रणनीति (एनएसडी २०२२) स‌ंसद्‍मा पठाएको छ।वर्गीकृत एनएसडीमा अमेरिकाको राष्ट्रिय सुरक्षालाई कसरी रक्षा गर्ने र राष्ट्रिय हितलाई कसरी अगाडी बढाउने भन्नेबारे उल्लेख छ।

अमेरिकी नागरिकको सुरक्षा, अमेरिकी समृद्धिको विस्तार र प्रजातान्त्रिक मूल्यमान्यताको विस्तारलाई अमेरिकाले आफ्नो राष्ट्रिय स्वार्थका रुपमा अघि बढाउँदै आएको छ।

एनएसडी प्रतिवेदनलाई अमेरिकी रक्षा मन्त्रालयको एक महत्त्वपूर्ण दस्ताबेजका रुपमा लिइन्छ। यसै प्रतिवेदनका आधारमा अमेरिकी सेनाले आफ्नो रणनीति तयार पार्ने रक्षा मन्त्रालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।

२०२२ को एनएसडी प्रतिवेदन राष्ट्रपतिले मार्च २०२१ मा सार्वजनिक गरेको अन्तरिम राष्ट्रिय सुरक्षा रणनीतिको मार्गदर्शनसँग मेल खान्छ।

एनएसडीको वर्गीकृत संस्करण आगामी दिमा वर्गीकृत राष्ट्रिय सुरक्षा रणनीतिसँग सिलसिलेवार रूप हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बहुपक्षीय हिसाबमा चीनले अमेरिकामाथि बढाउँदै गरेको चुनौतीको सामना गर्नुलाई अमेरिकी रक्षा मन्त्रालयको आफ्नो प्रमुख सुरक्षा प्राथमिकता भएको बताएको छ।

त्यस्तै अमेरिका र उसका साझेदार देशमाथि हुनसक्ने आक्रमणलाई निस्तेज पार्नुलाई पनि प्रतिवेदनमा सुरक्षा प्राथमिकताका रुपमा व्याख्या गरिएको छ। भने इन्डो प्यासिफिक क्षेत्रमा चीनले बढाउँदै लगेको चुुनौतिको सामना गर्नु र युरोपमा रूसले बढाएको सुरक्षा चुनौतीलाई पनि अमेरिकी रक्षा मन्त्रालयले आफ्नो सुरक्षा प्राथमिकताका रुपमा स्वीकार गरेको छ।

चार बुँदालाई प्रमुख सुरक्षा प्राथमिकता बताएको प्रतिवेदनको अन्तिम बुँदामा लचिलो संयुक्त बलको निर्माण र रक्षा परिस्थिति निर्माणलाई पनि सुरक्षाको प्रमुख प्राथमिकता बताएको छ।

त्यस्तै रक्षा मन्त्रालयको प्रतिवेदनमा चीनलाई परिणामक रणनीतिक प्रतिस्पर्धी भनिएको छ भने युक्रेनमाथि आक्रमण गरेर रुसले अमेरिकाको सुरक्षामाथि तीव्र खतरा बढाएको उल्लेख छ। रूसले निम्त्याएको सुरक्षा खतरालाई सम्बोधन गर्न नेटो सदस्य देशसँग साझेदारी गर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै उत्तर कोरिया र इरान र अन्य आतंकवादी संस्थाबाट आउनसक्ने सुरक्षा चुनौतीको सामना गर्न अमेरिका सक्षम रहेको पनि प्रतिवेदनको दाबी छ।

त्यस्तै जलवायु परिवर्तन र त्यसका असरलाई न्यूनीकरण गर्न, अन्तर सीमा सुरक्षा चुनौती जस्ता महामारीको सामना गर्ने विषयले मन्त्रालयको सुरक्षा चुनौतीको सन्दर्भलाई बदलेको पनि प्रतिवेदनमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved