सेनामा ठूलो संख्यामा खुल्यो रोजगारी

नेपालभ्युज

सेनामा ठूलो संख्यामा खुल्यो रोजगारी

काठमाडौं। नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। सोमवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सेनाले दरखास्तका लागि आह्वान गरेको हो।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले लेखा उप सेनानी, प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले विभिन्न पदमा करिब २ सय कर्मचारी माग गरेको हो। आवेदन चैत १४ देखि वैशाख १३, २०७९ सम्म र दोब्बर दस्तुरसहित थप सात दिन वैशाख १४ देखि वैशाख २० गतेसम्म दिन सकिने सेनाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved