ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेन्डर सार्वजनिक

ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्किने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ।

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेन्डर सार्वजनिक

काठमाडौं। ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्किने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरूले २०७८ चैत १३ गते आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरेका हुन्।

ग्लोबल आईएमई बैंकले बर्सेनी आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको बताएको छ। चालू वर्ष २०७८ को क्यालेन्डरमा पनि बैंकले नेपालमा रहेका विभिन्न जातजातिका गरगहना र पहिरनलाई क्यालेन्डरमा समावेश गरेको थियो। आउँदो नयाँ वर्षका लागि मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरिएको सार्वजनिक भएको छ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताएका छन्। मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै बैंकका अध्यक्ष ढकालले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved