बिहारका मुख्यमन्त्री नितिशकुमारलाई भीडबाट आएका युवकले मुक्का हाने

नेपालभ्युज

बिहारका मुख्यमन्त्री नितिशकुमारलाई भीडबाट आएका युवकले मुक्का हाने

भारत बिहारका मुख्यमन्त्री नितिश कुमारलाई एक कार्यक्रममा एक युवकले मुक्का प्रहा गरेका छन्।

पटनाको बख्तियारपुरमा एक कार्यक्रमका क्रममा एक युवकले पछाडिबाट आएर मुख्यमन्त्रीलाई मुक्का हानेका हुन्। मुख्यमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले युवकलाई नियन्त्रणमा लिएको छ।

मुख्यमन्त्री नितिश कुमार बरह लोकसभा निर्वाचन क्षेत्रको दुईदिने निजी भ्रमणमा छन्। यहाँ उनले आफ्ना पुराना सहकर्मीलाई भेटेका छन्। साँझ मुख्यमन्त्रीले बख्तियारपुरमा रहेको शीलभद्रको प्रतिमामा माल्यार्पण गर्ने क्रममा उनीमाथि आक्रमण भएको हो।

मुक्का हान्ने व्यक्तिको नाम शंकर रहेको खुलेको छ। उनी भीडबाट बाहिर आए र सुरक्षा गार्डको अगाडि स्टेजमा पुगेका थिए। र मुख्यमन्त्री नितिश कुमारलाई पछाडिबाट आक्रमण गरेका थिए।

यसैबीच, बिहार प्रहरी मुख्यालयले यस विषयमा छानबिन गर्न आदेश दिएको छ। यस घटनामा दोषीलाई प्रहरी अधिकारीलाई कडा कारबाही गर्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved