मकवानपुर कांग्रेसभित्र चुलियो विवाद, समानान्तर कमिटी गठन गर्ने इतर पक्षको चेतावनी

नेपालभ्युज

मकवानपुर कांग्रेसभित्र चुलियो विवाद, समानान्तर कमिटी गठन गर्ने इतर पक्षको चेतावनी

हेटौंडा। मकवानपुरको कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। सस्थांपन पक्षले मनोमानी तरिकाले काम गरिरहे समानान्तर कमिटी गठन गर्ने इतर समूहले चेतावनी दिएको छ।

एकलौटी ढंगले जिल्ला सदस्य मनोनित गरिएको र संस्थापन पक्षले पेलेरै जान खोजेको भन्दै इतर समूहका नेताहरूले एकलौटी ढंगले पेलेरै जान खोजे सहेर नबस्ने चेतावनी दिएका हुन्।

सभापति बुद्ध लामाले आफ्नो प्यानलका पराजित सहित निर्वाचनमा सहयोग गरेका १० जनालाई जिल्ला सदस्य पदमा नियुक्त गरेका थिए।

यसविरुद्ध इतर पक्षले आवाज उठाउँदै आएको छ। इतर समूहले बैठक नै बसेर जिल्ला सदस्यमा एकलौटी र मनोमानी ढंगले जिल्ला सदस्य मनोनित गरेको भन्दै निर्णय खारेज हुनुपर्ने निष्कर्ष निकालेको छ।

“मकवानपुरमा पार्टी बलियो बनाउन खोजेको कि गुटउपगुटलाई प्रश्रय दिन खोजेको भन्ने मनोनित सदस्यको निर्णयबाटै प्रस्ट हुन्छ”, बैठकमा सहभागी एक जिल्ला सदस्यले भने, “आफ्नो पक्षबाट मात्रै जिल्ला सदस्य मनोनित गर्नुको उद्देश्य के हो ? नजिकिँदै गरेको चुनावमा आफू निकटका व्यक्तिलाई टिकट बाँड्न यो सबै गरिएको हो।”

जिल्लामा निर्वाचित भएकाहरूलाई अझै प्रमाणपत्र नदिइएको तर मनोनितलाई भोलिपल्टै प्रमाणपत्र बाँडिएको उनीहरूको भनाइ थियो।

कांग्रेस जिल्ला सचिव ईश्वर पाठकले आफ्नो खल्तीका मान्छेलाई टिकट वितरण गर्न सहज हुने गरी जिल्ला सदस्य मनोनित गरिएको बताए। यस्तै गरिरहे आफूहरूले समानान्तर कमीटी गठन गर्ने उनले बताए।

बैठकले संस्थापनविरुद्ध एकजुट भएर बढ्नुपर्ने बेला आएको निष्कर्ष निकालेको छ। मकवानपुरको कांग्रेस अधिवेशनअघि संथापन पक्षको बाहुल्य थियो। तर अधिवेशनबाट इतर समूहका पदाधिकारीहरूको संख्या बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved