थ्री सिक्स्टी अवार्ड २०२२ बाट प्रभावशाली व्यक्ति र संस्था सम्मानित

नेपालभ्युज

थ्री सिक्स्टी अवार्ड २०२२ बाट प्रभावशाली व्यक्ति र संस्था सम्मानित

काठमाडौं। मिडिया नाइनद्वारा आयोजित थ्री सिक्स्टी अवार्ड २०२२ बाट १० प्रभावशाली व्यक्ति सम्मानित भएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘३६० इम्प्याक्ट अवार्ड २०२२’ समारोहमा मिडिया नाइनले कोभिड १९ महामारीको चुनौतीलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रभावशाली व्यक्ति र समूहलाई सम्मानित गरेको हो।

थ्री सिक्स्टी अवार्ड २०२२ इन्दिरा रानामगर, मोइन उद्दीन, सौरभ ज्योति लगायतका व्यक्तिहरू सम्मानित भएका छन्।

उक्त अवार्डबाट अझै कति सहने?, नेपालका लागि कोभिड अलाइन्स, एक एक पाइला, इनफ इज इनफ नेपाल, हामी नेपाली, आविष्कार केन्द्र नेपाल, नेपाल एम्बुलेन्स सर्भिस, आएनएन १६ उद्धार र सचेतना लगायतका संस्थाहरूलाई पनि सम्मानि गरिएको छ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर रुइतलगायत अतिथिहरुले ‘३६० इम्प्याक्ट अवार्ड’ हस्तान्तरण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved