गुट्खा चपाउँदै स्वास्थ्य सचिवले ‘अम्मल नगरौँ’ भनेपछि…
नेपालभ्युज
काठमाडौं। तपाईंहरूले भित्तामा ‘भित्तामा नलेख्नुहोला’ लेखेको त देख्नुभएकै होला। त्यो देखेर पक्कै तपाईं हाँस्नुभयो होला। नेपाली जनजीवनमा प्रयोग हुने ‘अर्ती उपदेश अरुका लागि’ भन्ने युक्ति पनि सुन्नुभएकै होला।
यतिबेला यस्तै एउटा रोचक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यो पनि नेपाल सरकारका स्वास्थ्य सचिवले नै गुट्खा चपाउँदै अम्मल नगर्न दिएको सुझाव।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वस्थ दाँत स्वस्थ जीवन’ भन्ने नाराका साथ आइतबार बिहान मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेलले बोलेको भिडिओ ट्विटरमा राखेको छ। त्यो भिडिओमा मन्त्रालयले दिन खोजेको सन्देश त सकारात्मक छ, तर रमाइलो के भने स्वास्थ्य सचिव पोखरेल अम्मल नगरौँ भन्ने सुझाव दिइरहेका छन् तर स्वयं गुट्खा चपाएर।
भिडिओमा उनका दाँतभरि गुट्खाका टुक्रा टाँसिएको देख्न सकिन्छ, तर उनी भनिरहेका छन्, ‘‘बिहान र बेलुका फ्लोरोडाइयुक्त दन्त मञ्जनले दाँत माझौँ दुईटा दाँतको बीचमा जहाँ ब्रस पुग्दैन दन्तर फ्लसहरू प्रयोग गरौँ दक्ष जनशक्तिबाट ६/६ महीनामा नेपाल मेडिकल माउन्सिलमा दर्ता भएका चिकित्सकबाट दाँतको जाँच गरौँ र अम्मलहरू गर्नबाट बचौँ यो गर्यो भने मुख स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ यसमा हामी सबै लागौँ सबै जुटौँ।”
उक्त भिडिओको आलोचना भइरहेको छ। यस विषयमा हामीले सचिव पोखरेलसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
हेर्नुहोस् भिडिओ
(*आलोचना भएपछि मन्त्रालयले आफ्नो आधिकारिक ट्विटरबाट उक्त भिडिओ हटाएको छ।)
Facebook Comment
Comment