अब बन्ने सरकारले आम नागरिकको जीवनमा परिवर्तन ल्याउनुपर्छ: राष्ट्रियसभा अध्यक्ष

‘‘सत्ता परिवर्तन भइरहेको हुन्छ। आम नागरिक, भारी बोक्ने, गिट्टी कुट्नेले सत्ता परिवर्तनमा चासो राखोस्। मैले भोट हालेको पार्टी, मैले चिनेको मान्छे आओस् भन्नेसँग होइन। मेरो गिट्टी कुट्ने जिवनमा परिवर्तन हुन थाल्यो अब यसले हुन्छ भन्ने महशुस हुने गरी।”

नेपालभ्युज

अब बन्ने सरकारले आम नागरिकको जीवनमा परिवर्तन ल्याउनुपर्छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन जनप्रतिनिधिले देश र नागरिकको आवश्यकता पूरा गर्नुपर्ने बताएका छन्।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा/नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए।

पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनको भनाइ थियो। ‘‘अहिले हेर्‍यो भने धेरै पटक प्रधानमन्त्री हुनुभएका दोहोरिने अपेक्षाका पात्र धेरै हुन सक्नुहुन्छ। किन ? कति पटक हुने? यो देशलाई बनाउनका लागि अब त्यो चाहिँ चाहिएको छ। कुनै एक जनाले एकपटकमा राम्रो गर्‍यो भने अर्को सात/आठ चोटी निर्वाचित भएर त्यही ठाउँमा गएकोले केही गरेन भने हिसाब के हुन्छ ? म यो समाजलाई, मेरो पालिकालाई यस्तो बनाउँछु भन्छु अठोट गर्ने कि नगर्ने ? नत्र के अर्थ हुन्छ दोहोरिएर ?’’

अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताए। आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरूको जिवनस्तर उकास्नका लागि नेताहरूले ध्यान दिनुपर्ने उनले बताए।  ‘‘सत्ता परिवर्तन भइरहेको हुन्छ। आम नागरिक, भारी बोक्ने, गिट्टी कुट्नेले सत्ता परिवर्तनमा चासो राखोस्। मैले भोट हालेको पार्टी, मैले चिनेको मान्छे आओस् भन्नेसँग होइन। मेरो गिट्टी कुट्ने जिवनमा परिवर्तन हुन थाल्यो अब यसले हुन्छ भन्ने महशुस हुने गरी।”

नागरिकले एकदम विकसित मुलुकका, युरोप, अमेरिका या चीन, भारतको जस्तो भइदिओस् भन्ने चाहने गरेको तर भोट दिने बेला बेठीक चुन्ने गरेकाले विश्लेषण गर्न आग्रह गरे।

उनले राजनीतिक पार्टीहरूले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन गरेर टिकट दिनुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved