जनकपुरधाम। पर्साबाट दुई हात्ती भारततर्फ लैजाँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका– १८ जीतपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम रहेका छन्।
महतो र कुमाल माउते हुन् भने आलम हात्ती बिक्री गर्न लैजाने व्यक्ति भएको प्रहरीले जनाएको छ। नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लैजाँदै गरेको सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।
उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए।
Facebook Comment
Comment