सत्ता गठबन्धन हलोमा लागेको लुँडी हो, लात्ताले हानेर झार्छौंः ओली

नेपालभ्युज

सत्ता गठबन्धन हलोमा लागेको लुँडी हो, लात्ताले हानेर झार्छौंः ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सबै दल मिले पनि आफूहरूलाई हराउन नसक्ने जिकिर गरेका छन्।

नेपाल मुस्लिम इत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा ओलीले भने, “म युवा हुँदा हलो जोत्थें, हलोमा झारपात अल्झिन्थ्यो। त्यसलाई अलिकति हलो उचालेर हामी लात्ताले हानेर झार्थ्यौं, हाम्रो तरिका यही हो”, सत्ता गठबन्धनको मोर्चाप्रति संकेत गर्दै ओलीले भने, “यिनीहरूको मोर्चा भनेको यही हो, हलोमा लाग्ने लुँडीजस्तो।”

शान्तिको एकताका लागि मजबुत राष्ट्रिय शक्तिको आवश्यकता भएकाले नेकपा एमाले त्यसैगरी अघि बढ्ने उनले बताए।

नेपाली कांग्रेसको केन्द्रीय समितिमा एमालेसँग एक्लै लड्न नसकिने बताएका सभापति शेरबहादुर देउवाको भनाइ राख्दै ओलीले उनले देउवाले आधा सही बुझेका बताए। उनले भने, “तर उनले सबै मिलेर एमालेसँग लड्न नसकिनेचाहिँ बुझेनन्।” सत्ता गठबन्धनका पाँचै ओटा दल मिलेर नसके पनि दर्ता भएका सबै दल मिलेर गए पनि एमालेलाई हराउन नसकिने उनको भनाइ थियो।

स्थानीय तह निर्वाचनमा होमिन उनले कार्यकर्ताहरूलाई आग्रह गरे। जिद्दी नगरी स्थानीय तह निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न उनले आग्रह गरे। समाजको जागरण र उत्थान गर्ने जिम्मेवारी आएकाले त्यसै गर्न उनले निर्देशन दिए।

एमालेलाई मजबुत र राष्ट्रिय शक्ति बनाउने आफूलाई जिम्मेवारी भएकाले पदमा हुँदा मात्र जिम्मेवारी नहुने र पदका लागि मरिहत्ये नगर्न आग्रह गरे।

एमालेको काँधमा ठूलो जिम्मेवारी भएको भन्दै उनले संगठन गतिशील हुन थालेको भन्दै मुस्लिम समुदायको संगठन विस्तार गर्न आदेश दिए। जहाँ जहाँ मुस्लिम समुदाय छन् त्यहाँ सामाजिक जागरण शिक्षा सञ्चालन गर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved