एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्‍न माओवादीलाई नेता बस्‍नेतको आग्रह

नेपालभ्युज

एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्‍न माओवादीलाई नेता बस्‍नेतको आग्रह

पर्वत। नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि बाम दलसँग सहकार्य नहुने बताएका छन्। उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गरे।

”एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा छ,” उनले भने। निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने उनले बताए। तर कुनै पनि बाम दलसँग तालमेल नहुने दाबी गरे। ”एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल हुँदैन,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved