पीएनजीले नेपाललाई दियो विशाल लक्ष्य

नेपालभ्युज

पीएनजीले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौं। पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई २ सय ९३ रनको विशाल लक्ष्य दिएको छ।

यो ओडीआईमा नेपालविरुद्ध कुनै पनि देशले दिएको विशाल लक्ष्य हो।

यसअघि यूएघईले सन् २०१९ मा नेपाललाई जितका लागि २ सय ५४ रनको लक्ष्य दिएको थियो। त्यसबेला नेपालले जित निकालेको थियो।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो। पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए। त्यस्तै क्याप्टेन असद भालाले ६० रन बनाए।

नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए।  आज नेपालले यो लक्ष्य पूरा गरे इतिहास बनाउनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved