पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

नेपालभ्युज

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नाबालिका बलात्कार मुद्दामा पक्राउ गरेका पल शाहलाई तनहुँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि उनलाई आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए।

जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved