युक्रेनमा आक्रमण गरेर पुटिनले ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख स्टोल्टेनबर्ग

युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई पुटिनले कम मूल्याङ्कन गरेका स्टोल्टेनबर्गले बताएका हुन्।

नेपालभ्युज

युक्रेनमा आक्रमण गरेर पुटिनले ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख स्टोल्टेनबर्ग

एजेन्सी। नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरेको आरोप लगाएका छन् ।

स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र युक्रेनविरुद्ध युद्ध शुरु गरेर राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका स्टोल्टेनबर्गले बताएका छन्। उनले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि यस्तो बताएका हुन्।

युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई पुटिनले कम मूल्याङ्कन गरेका स्टोल्टेनबर्गले बताएका हुन्।

स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिने बताए।

ती क्षेत्रमा नयाँ तैनाथीलाई सहमति दिएर लामो अवधिमा प्रतिरोध र रक्षाको पुनःस्थापनाको आवश्यकतालाई सम्बोधन गरिने उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved